अस्थायी शिक्षकद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अस्थायी शिक्षकद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग

sikshyamantri ko rajinama mag

काठमाडौं, ३ चैत । अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । आईतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध प्रर्दशन गरेका उनीहरुले आफूहरुको माग सुनुवाई नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गर्दै चर्का नाराबाजी गरेका हुन ।

१५ वर्षभन्दा बढि सरकारी सेवामा बिताएका अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी गर्न माग गर्दै करिव २ महिनायता काठमाडौं लगायत देशभर सरकारविरुद्ध धर्ना, विरोध प्रर्दशन गर्दै आएका छन । उनीहरुले आफूहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध सामूहिक राजीनामा दिनेलगायतका आन्दोलनका कडा कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन ।

नेपालमा हाल करिव ४० हजार अस्थायी शिक्षक रहेका छन । उनीहरुले स्वतः स्थायी गर्नुपर्ने माग गर्दै सरकारलाई दबाव दिईरहेका हुन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);