राहतकोटाका शिक्षकद्धारा स्वतः स्थायीको माग गर्दै काठमाडौंमा प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राहतकोटाका शिक्षकद्धारा स्वतः स्थायीको माग गर्दै काठमाडौंमा प्रर्दशन

teachers andolan

काठमाडौं, २१ असोज । राहत शिक्षकहरुले स्वत: स्थायी गर्न माग गर्दै काठमाडौंमा सरकारविरुद्ध प्रर्दशन गरेका छन । देशभरका राहत शिक्षकहरुले आईतबार काठमाडौंमा भेला भई स्वतहः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन ।

काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रर्दशन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।

नेपाल राहत शिक्षक केन्द्रिय समितिको आह्वानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वतहः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);