गृहमन्त्री थापाविरुद्ध काठमाडौंमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गृहमन्त्री थापाविरुद्ध काठमाडौंमा प्रदर्शन

rambahadur thapa

काठमाडौं, १७ असोज । बुधबार पनि काठमाडौंमा गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिएको छ । ‘निर्मलाका लागि न्याय’ नामक अभियानले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गर्दै गृहमन्त्री थापाको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।

त्यसक्रममा उनीहरुले मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढ्दै जाँदा पनि त्यसलाई नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

प्रर्दशनकारीहरुले निर्मला पन्तको हत्या सम्बन्धि उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन् । सरकार बलात्कारी समक्ष झुक्दै गएको प्रर्दशनकारीहरुको आरोप छ । निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै देशभर सरकारविरुद्ध दैनिक प्रर्दशन हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);