निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन

काठमाडौं ३० भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा बिशाल प्रदर्शन भएको छ ।

काठमाडौंको माईतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेको छ । हत्या गरिएकी निर्मलालाई न्याय दिन माग गर्दै विशाल प्रर्दशन गरिएको हो । ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको सो प्रर्दशनीमा अधिकारकर्मी, मानव अधिकारकर्मी, कलाकार, पत्रकार, वकील, शिक्षक, विद्यार्थी र सर्वसाधारण नागरिकको समेत उल्लेख्य सहभागिता रहेको छ ।

निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त समेत सहभागी रहेको सो प्रर्दशनीमा हत्यारालाई तत्काल पक्राउ गरी फाँसीको सजाय दिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको छ । ५० दिन नाघीसक्दा पनि न्याय नदिएको भन्दै प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् ।

प्रदर्शनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा बोल्दै निर्मलाका बुबा यज्ञराजले भावविह्वल हुँदै आफूहरुलाई न्याय दिन सरकारसँग माग गरे । छोरीको न्यायको खोजीमा आफूहरु काठमाडौं आउनु परेको उनको दर्द थियो ।

प्रदर्शनकारीहरुले निर्मलालाई न्याय नदिएसम्म सरकार विरुद्ध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरुले निर्मला हत्याको प्रमाण नष्ट गरेका प्रहरीहरुलाई पनि कडा कार्वाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । शनिबार देशभर निर्मलालाई न्याय दिन माग गर्दै प्रर्दशन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);