गृहमन्त्री थापाको कार्य क्षमता कमजोर : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गृहमन्त्री थापाको कार्य क्षमता कमजोर : गगन थापा

काठमाडौं, ३० भदौ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले गृहमन्त्री रामबहादुर थापाको कार्य क्षमता कमजोर रहेको आरोप लगाएका छन् । बैठकको शुन्य समयमा बोल्दै सांसद थापाले गृहमन्त्रीको कार्य क्षमता र सोचमा बादल लागेको आरोप लगाए ।

उनले गृहमन्त्री थापाको कार्य शैलीको बिरोध गरे । पछिल्ला केहि घटनामा गृहमन्त्री थापाले लिएका निर्णयले काम गर्ने क्षमता नभएको देखिएको भन्दै आलोचना गर्नुपरेको सांसद थापाले बताए ।

यस्तै आजको बैठकमा सांसद कृष्ण कुमार राइले चाबहिल जोरपाटी साँखु सडक खण्ड समयमा नबन्दा स्थानीय जनप्रतिनिधिले सार्वजनिक रुपमा उभिन नसक्ने अवस्था आएको भन्दै सडक निर्माणलाई तिब्रता दिन माग गरे ।

बैठकमा सांसद गजेन्द्र बहादुर महतले स्थानीय पूर्वाधार कोष परिचालन नहुँदा दुर्गम र ग्रामिण क्षेत्रको साना साना विकाश आयोजना प्रभावित भएको गुनासो गरे ।

सांसद कृष्ण कुमार श्रेष्ठले कलंकी नाग ढुंगा र नाग ढुंगा नौबिसे सडक खण्डमा हुने सवारी जामले काठमाडांै बाहिर जाने जनताले दुख पाउने गरेको भन्दै दशैं अगाडी जाम कम गर्न सरकारसँग माग गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);