थाल ठटाएर सरकारविरुद्ध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

थाल ठटाएर सरकारविरुद्ध प्रदर्शन

काठमाडौं, २२ असोज । १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रदर्शन गरिएको छ ।

युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका थिए ।

बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा काठमाडौंमा दैनिक प्रदर्शन हुँदै आएको छ । उनीहरुले निर्मलाको हत्यारालाई पत्ता लगाउन बम दिदीबहिनीलाई अनुसन्धानको दायरामा ल्याउन ढिलाई नगर्न पनि सरकारलाई दिवाव दिँदै आएका छन् ।

सरकारद्वारा गठित उच्चस्तरीय छानवीन समितिको प्रतिवेदनले पनि एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई अनुसन्धान गर्न सरकारलाई सुझाव सहितको प्रतिवेदन बुझाई सकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);