महेन्द्रनगरमा थाल ठटाएर विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

महेन्द्रनगरमा थाल ठटाएर विरोध प्रदर्शन

महेन्द्रनगर, २८ भदौ । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई तत्काल सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा थाल ठटाएर विरोध प्रदर्शन गरिएको छ ।

निर्मलाको न्यायिक आन्दोलनमा होमिएका दवाव मुलक संघर्ष समितिले बिहीबार महेन्द्रनगरमा थालचम्चा जुलुस निकालेका हुन् । गल्ली नम्बर १ देखि शुरु भएको जुलुस जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगर हुँदै प्रशासनको गेट पुगेको थियो । उनीहरुले तीन वटै जिल्लाका सरकारी कार्यालय अगाडी थालचम्चा ठटाएका थिए ।

वुधबार तिजको दिन पनि यहि दवाव मुलक संघर्ष समितिले कालो सारीमा पहिरिएर बिरोध प्रदर्शन गरेका थिए । निर्मलाको परिवारले न्याय नपाउँदासम्म संघर्ष समितीले आन्दोलनलाई जारी राख्ने समेत जनाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);