निर्मलाको हत्यारालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निर्मलाको हत्यारालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

nirmala hatya

काठमाडौं, १६ कात्तिक । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेपछि सरकारविरुद्ध युवाहरुले मखुण्डो धारन गरेर प्रर्दशन गरेका छन् ।

बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न सरकारलाई दवाव दिँदै शुक्रबार साँझ काठमाडौंको नयाँ बानेश्वारमा मखुण्डो धारन गरेर सरकारविरुद्ध युवाहरुले प्रर्दशन गरेका हुन् ।

निर्मलालाई न्याय दिन सरकारविरुद्ध मखुण्डो धारण गरेर प्रदर्शन गर्नु परेको प्रर्दशनमा सहभागीले बताएका छन् । त्यस क्रममा सरकारले निर्मलाको हत्यारालाई पत्ता लगाउन चाँसो नदिएको चित्रणसहितको सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।

एक हातमा राष्ट्रिय झण्डासहित मखुण्डो धारन गरेका प्रदर्शनकारीहरुले ‘प्रहरी, प्रमाण मेटाउन हो कि जुटाउन’ भनि सरकारसँग प्रश्न पनि गरेका थिए । उनीहरुले निर्मलालाई न्याय नदिएसम्म आफूहरुको प्रदर्शन जारी रहने चेतावनी पनि दिएका थिए

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);