महिला हत्या र हिंसाविरुद्ध शुक्रबार पनि काठमाडौंमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

महिला हत्या र हिंसाविरुद्ध शुक्रबार पनि काठमाडौंमा प्रदर्शन

काठमाडौं, ५ असोज । शुक्रबार काठमाडौंमा बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरिएको छ ।

बालिका पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै शुक्रबार दिउँसो काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध -यालीसहितको प्रदर्शन गरिएको हो ।

संयुक्त महिला संघर्ष समितिको आह्वानमा आयोजना गरिएको विरोध प्रदर्शनमा महिला तथा बालिकामाथि हुने हत्या, हिंसा र बलात्कारको घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो ।

प्रदर्शनकारीहरुले हत्या, हिंसा र बलात्कारको घटनाका कारण जनता शोकमा परेका बेला पनि जोकसहितको भाषण गर्ने गरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई व्यंग्य गरिएको प्ले–कार्ड समेत प्रदर्शन गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);