राज्य व्यवस्था समितिको सभापतिमा शशी श्रेष्ठ निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राज्य व्यवस्था समितिको सभापतिमा शशी श्रेष्ठ निर्वाचित

काठमाडौं, ५ असोज । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छन् ।

समितिको शुक्रबार बसेको बैठकले सभापतिमा श्रेष्ठलाई निर्विरोध चयन गरेको हो । एक जना मात्रै उम्मेदवारी परेकाले श्रेष्ठलाई सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिकी जेष्ठ सदस्य मीना पाण्डेले जानकारी दिइन्।

यसैबीच, नवनिर्वाचित सभापति श्रेष्ठले देश र जनतालाई शीरमा राखेर कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । उनले समितिलाई एक ढिक्का बनाएर अघि बढ्ने बताइन् । जनताको प्रतिनिधि भएकाले उनीहरुको अपेक्षा अनुसार काम गर्न चट्टानी दृढताका साथ अघि बढ्ने नवनिर्वाचित सभापति श्रेष्ठको भनाई छ ।

राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति श्रेष्ठ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);