प्रतिनिधिसभाकाे विषयगत समितिका सबै निर्वाचित सभापतिले सपथ लिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रतिनिधिसभाकाे विषयगत समितिका सबै निर्वाचित सभापतिले सपथ लिए

काठमाडौं, ५ असोज । प्रतिनिधिसभाका विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले १० वटै विषयगत समितिका नवनिर्वाचित सभापतिहरुलाई शुक्रबार अपरान्ह सिंहदरबारमा पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

शुक्रबार नै बसेको प्रतिनिधिसभा अन्तरगतको विषयगत समितिको छुट्टाछुट्टै बैठकले आ– आफ्ना समितिका सभापति निर्विरोध निर्वाचित गरेका थिए ।

यसरी निर्वाचित हुने सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिती सभापति पूर्णकुमारी सुवेदी, अन्तराष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला (खरेल), कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती र विकास तथा प्रविधि समितीकी सभापति कल्याणी खड्काले सामूहिक रुपमा सभामुख महराबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफे, पूर्व सभामुख सुवाष नेम्वाङ, संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायतको सहभागिता रहेको थियो । प्रतिनिधिसभाका नवनिर्वाचित सभापतिहरुले आजै पदभार पनि ग्रहण गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);