राष्ट्रियसभाका चारमध्ये तीन विषयगत समितिका सभापति निर्विरोध चयन | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

राष्ट्रियसभाका चारमध्ये तीन विषयगत समितिका सभापति निर्विरोध चयन

rastriya sava

काठमाडौं, १३ भदौ । राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापति निर्विरोध चयन भएका छन् ।

राष्ट्रियसभाका तीनवटा विषयगत समितिले आजको बैठकबाट निर्विरोध सभापति चयन गरेका हुन् । आज निर्वाचित सभापतिहरुले आजै देखि काम थालेका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी निर्विरोध सभापति निर्वाचित भएका हुन् ।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण दलीय सहमतिका आधारमा निर्वाचित गर्नलागेको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);