राष्ट्रियसभा विषयगत समितिको सभापतिमा ३ जनाको उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

राष्ट्रियसभा विषयगत समितिको सभापतिमा ३ जनाको उम्मेदवारी दर्ता

samsad

काठमाडौं, १२ भदौ । राष्ट्रियसभाका तीन वटा विषयगत समितिको सभापतिमा ३ जनाको मात्रै उम्मेदवारी परेको छ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारीले उम्मेदवारी दिएका छन् ।

मंगलबार निर्धारित समय भित्रै राष्ट्रियसभा अन्तरगतको ३ वटा विषयगत समितिमा १÷१ जना सभापतिको उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । राष्ट्रिय सभा अन्तरगतको विषयगत समितिका सभापतिहरुको निर्वाचन बुधबार (भोली) हुँदैछ ।

राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको पनि उम्मेदवारी परेको छैन ।

बुधबार बस्ने सम्बन्धित समितिको बैठकले सभापति चयन गर्नेछ । समितिको सभापतिमा उम्मेदवारी दिएका विधायन व्यवस्थापन समितिका गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिका उम्मेदवार थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिका उम्मेदवार बिडारी तीनै जना सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का हुन् ।

सभापति चयन नभएसम्म समितिको बैठकको संचालन जेष्ठ सदस्यले गर्ने संघीय संसद नियमावलीमा व्यवस्था गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);