संघीयता सम्बन्धी आवश्यक कानुन छिटो सम्पन्न गर्न माग | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

संघीयता सम्बन्धी आवश्यक कानुन छिटो सम्पन्न गर्न माग

nidhi

काठमाडौं, १२ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयताका लागि आवश्यक कानुन निर्माणको काम छिटो सम्पन्न गर्न सरकारसँग माग गरेका छन् ।

उपसभापति निधिले स्थानीय र प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउने गरी कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले प्रधानमन्त्री केपी ओलीले स्थानीय तहलाई अनुदान बजेट वृद्धि नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

मंगलबार नेपाल नगरपालिका संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभापति निधिले सरकारले ६ महिना बित्दा समेत वित्तिय आयोग गठन गर्न नसकेकोमा  आपत्ति जनाए । प्राकृतिक स्रोत र वित्तिय आयोग गठन गरे करसम्बन्धि देखिएको हालको समस्या आफै समाधान भएर जाने उपसभापति निधिको दावी छ ।

उपसभापति निधिले करको दर नभई दायरा वृद्धि गर्न पनि स्थानीय सरकारलाई आग्रह गरे  उनले नगरपालिकाहरुका लागि आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);