तत्काल श्रमिक आयोग गठन गर्न विमलेन्द्र निधिको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

तत्काल श्रमिक आयोग गठन गर्न विमलेन्द्र निधिको माग

nidhi

काठमाडौं, १८ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल श्रमिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले तत्काल श्रमिक आयोग गठन गर्न सरकारसँग माग गर्नु भएको हो । बुधबार अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले श्रमिक आयोग गठनका लागि सरकारलाई आवश्यक सहयोग गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

उपसभापति निधिले विदेशमा रहेका श्रमिकहरुलाई त्यहीँबाटै मतदान गर्ने कानुनी व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुनेमा जोड दिनु भयो । उहाँले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन’ शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा आएको उल्लेख गर्दै वर्तमान सरकारले आफ्नै पालामा आए जसरी झुठो प्रचार गरिरहेको दावी पनि गर्नु भयो ।

उपसभापति निधिले देउवा नेतृत्वको सरकारले ल्याएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन’ लिच्छवी कालमा वा मल्ल कालमा ल्याएजसरी प्रधानमन्त्री केपी ओलीले झुठो प्रचार गरेको भन्दै आपत्ति पनि जनाउनु भयो । उपसभापति निधिले नेपालमा श्रमिकहरुको अधिकारको क्षेत्रमा उल्लेख्य सफलता हासिल भएको पनि बताउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);