वैज्ञानिक वन कार्यविधि बहाली गर्न समन्वयका लागि कांग्रेस नेता निधिसंग आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

वैज्ञानिक वन कार्यविधि बहाली गर्न समन्वयका लागि कांग्रेस नेता निधिसंग आग्रह

काठमाडौं । वैज्ञानिक वन व्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंघले वैज्ञानिक वन कार्यविधि तत्काल बहाली गराउन लागि सहजीकरण गर्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको ध्यानाकर्षण गराएको छ ।

नयाँ बानेश्वरस्थित उपसभापति निधिको सम्पर्क कार्यालयमा बुधबार भेटेर महासंघका अध्यक्ष रेनु सेनले कार्यबिधि तत्काल बहाली गर्न आग्रह गरेकी हुन् । भेटमा उपसभापति निधिले बैज्ञानिक वन कार्यविधि वहाली गराउन आफ्नो तर्फबाट पहल गर्ने बताए ।

पूर्वबर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले हचुवाका भरमा निजी स्वार्थका लागि बैज्ञानिक वन कार्यबिधि खारेज गरेको महासंघको भनाई छ ।

तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा बैज्ञानिक वन कार्यबिधि २०७१ जारी गरिएको थियो । तर ओली सरकारले सामुदायिक वन उपभोक्ता महासंघको दबाबमा २०७७ जेठ १५ मा कार्यबिधि खारेज गरेको थियो । प्रतिनिधिमण्डलमा महासंघका जयप्रकाश पाण्डे, डिल्लीराज रेग्मी, पदमलाल अधिकारी, हरिकला थारु र गौरीशंकर तिमला रहेका थिए ।

यसअघि, नेपाल संस्थागत विद्यालय शिक्षक संघ(निष्टा) का अध्यक्ष भोला चालिसेको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले संस्थागत विद्यालय शिक्षक संघका समस्यासहित संस्थागत मान्यताका लागि उपसभापति निधिको ध्यानाकर्षण गराएको थियो । निधिले यस बिषयलाई आफूले गम्भीरतापूर्बक लिएको बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);