वैज्ञानिक वन व्यवस्थापन लागू गर्न माग गर्दै डिभिजन वन कार्यालय घेराउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

वैज्ञानिक वन व्यवस्थापन लागू गर्न माग गर्दै डिभिजन वन कार्यालय घेराउ

कपिलवस्तु, १३ पुष । वैज्ञानिक वन व्यवस्थापन २०७१ लागू गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय तौलिहवा र डिभिजन वन कार्यालय घेराउ गरिएको छ ।

केही ब्यक्तीले गरेको बदमासीको कारण वैज्ञानिक वन व्यवस्थापन सरकारले रोकेको भन्दै जिल्लाका सामुदायिक र साझेदारी वनका उपभोक्ता सडकमा उत्रिएका हुन् । जिल्लाका विभिन्न वनबाट उपस्थित सयौं उपभोक्ताहरुले वैज्ञानिक वन व्यवस्थापन लागू गर्न माग गर्दै नारावाजी गरेका थिए ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नै प्रशासन र डिभिजन वन कार्यालय घेराउ गरिएको भन्दै सरकारले निर्णय नसच्चाए थप आन्दोलनका कार्यक्रम गर्ने बैज्ञानिक बन व्यवस्थापन सरोकारवाला सञ्जालकी संयोजक रेनु सेनले चेतावनी दिनुभयो ।

साथै पूर्व निर्धारित कार्यक्रम अनुसारनै १४ गते गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटामा घेराउ गर्ने र १६ गते कपिलवस्तु बन्दको आह्वान गरिएको संयोजक सेनले बताउनुभयो ।

नेपाल सरकारले जनताको हक अधिकार खोस्ने गरी जेठ १५ गते वैज्ञानिक वन व्यवस्थापन रोक्ने निर्णय गरेको बनका उपभोक्ता बताउँछन् ।

सञ्जालका वरिष्ठ सल्लाहकार जय प्रकाश पाण्डेले सरकारले वैज्ञानिक वन व्यवस्थापन खारेज गर्दा उपभोक्ताले काठ दाउरा समेत नपाएको र वन जंगलमा भएको काठ दाउराको चोरी तस्करी बढेको भन्दै तत्काल वैज्ञानिक वन व्यवस्थापन खारेज गर्ने निर्णय सच्चाउन आग्रह गर्नुभयो ।

सञ्जालका सचिव सूर्य मल्लले आम उपभोक्ताको मर्मलाई नबुझी सरकारले केही दलाल तथा विचौलियाको चलखेलमा विदेशी काठलाई नेपालमा भित्राएर स्वदेशी काठलाई अलपत्र पारेको बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापन रोक्ने निर्णय तत्काल खारेज गरी उपभोक्तालाई काठ दाउराको सहज आपुर्ती गराउनुपर्ने
उहाँले बताउनुभयो ।

विरोध कार्यक्रममा ज्ञापन पत्र बुझदै डिभिजन वन कार्यलयका इश्वरी पौडेलले सम्बन्धित ठाउँमा पठाउने बताउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);