चीनसँग जोडिएको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति गठन गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चीनसँग जोडिएको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले चीन सँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ ।

बुधबार साँझ बालुवाटामा बसेको मन्त्रीपरिषदको बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो ।

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समितिले सीमा र स्थानीयको समस्या बारे अध्ययन गरि प्रतिवेदन बुझाउने बैठक पछि कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै सरकारले धीतोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्य जाँचबुझ समिति गठन गरेको छ । सरकारले अघिल्लो सरकारले अध्यादेश मार्फत वृद्धि गरेको ३३ प्रतिशतको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

त्यसैगरी यस्तै निर्वाचन आयोगमा कार्यरत सहसचिव राजकुमार श्रेष्ठलाई सचिव पदमा बढुवा गरेको छ । सरकारले दीगो तथा सम्मानित रोजगारीको लागि संचालित सीप परियोजनाको लागि स्विस सरकारको अनुदान सहायता करिब १ अर्ब ९३ करोड रुपैया स्विकृत गर्ने निर्णय गरेको छ ।

बैठकले माओबादी जनयुद्ध, २०६२/६३ को आन्दोलन, मधेश आन्दोलनका घाइते अपांगको पुनस्थापना हेरचाह, सहायतासम्बन्धी निर्देशिकाको दोश्रो संसोधन २०७८ स्विकृत गर्ने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);