नेविसंघद्वारा गृहमन्त्री थापाको राजीनामा माग गर्दै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेविसंघद्वारा गृहमन्त्री थापाको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न नसकेको भन्दै नेविसंघले गृहमन्त्री थापाको राजीनामा माग गरेको हो ।

मुलुकमा जारी हत्या, हिंसा र बलात्कारविरुद्ध सोमबार काठमाडौंको प्रदर्शन मार्गका विरोध प्रर्दशनमा उत्रेका संघका नेता, कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

प्रदर्शनीमा सरकारले नै निर्मलाका हत्यारालाई संरक्षण गरेको भन्दै प्रधानमन्त्री केपी ओलीप्रति पनि आक्रोश व्यक्त गरिएको थियो । प्रर्दशनपछि आयोजित कोणसभामा बोल्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्मलाको हत्यारालाई पत्ता लगाई कार्वाही गर्न अव पनि ढिलाई गरिए आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी दिए ।

संघले हत्या, हिंसा र बलात्कार नियन्त्रण गर्न सरकार असक्षम भएपछि आफूहरु त्यसविरुद्ध सडक संघर्षमा आउन बाध्य भएको पनि जनाएको छ । संघका अध्यक्ष महरले जारी हत्या, हिंसा अन्त्य नभएसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);