विश्वकर्मा पूजा धार्मिक विधिपूर्वक देशभर मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वकर्मा पूजा धार्मिक विधिपूर्वक देशभर मनाइयो

काठमाडौं, १ असोज । आज विश्वकर्मा पूजाआजा धार्मिक विधिपूर्वक देशभर मनाइएको छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुन्द्रको बीचमा भेदद्वार बनाइ लुकाएको जनविश्वास छ ।

एकै रातमा समुन्द्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको भेद द्वारका अहिले पनि भारतको गुजरात राज्यमा समुन्द्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

यसैलाई स्मरण गर्दै श्रमिकहरुले सोमबार विश्वकर्मा बाबाको पूजाअर्चना गरेका छन् । त्यसगरी सर्वसाधारण व्यक्तिहरुले मेशिनरी सामान, तथा सवारी धनीहरुले सवारी साधनको पूजा गरी भक्ति भाव प्रकट गरेका छन् । केही ठाउँमा माटोको कलात्मक भगवान विश्वकर्माको मूर्ति बनाएर पूजा गरी भोलिपल्ट नदी र पोखरीमा विर्सजन गर्ने चलन रहँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);