आज असोज १ गते विश्वकर्मा पूजा | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

आज असोज १ गते विश्वकर्मा पूजा

काठमाडौं, १ असोज । निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान विश्वकर्मा बाबाको सम्मानमा आज अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ गरेर सम्मान तथा पूजागर्ने परम्पर रहेको छ ।

४ एउटा प्राचिनतम बिज्ञान वेद र खोजको धार वास्तु दिवस आजै मनााईंदैं छ । विश्वकर्मा बाबा निर्माणका पर्याय तथा वास्तुविधाका पनि जानकार भएको धार्मिक मान्यता छ । यसैलेगर्दा असोज १ गते एकैदिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाउने चलन रहि आएको हो । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक कथन छ ।

एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा रहेको छ । ध्वजापाताले कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मुर्ति वा तस्विरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);