प्रदेश १ सरकारले अझै पूर्णता पाउन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदेश १ सरकारले अझै पूर्णता पाउन सकेन

केदार कोइराला

विराटनगर, १ असाेज । सरकार गठनको छोटो अवधीमै प्रदेश १ सरकारले केही फड्को मार्ला भन्ने आश सबैले गरेका थिए । तर सरकार गठनको यो छ महिनाको अवधीलाई अन्य प्रदेशसंग तुलना गरेर हेर्दा भने खासै सन्तोष मान्ने ठाउँ देखिँदैन । स्पष्ट बहुमतको साथ युवा नेतृत्व पाएर पनि प्रदेश १ ले न प्रदेशको नामाकरण नै गर्न सकेको छ नत राजधानी तोक्न । सरकार त्यसै अल्झिरहेको छ ।

नेपालको पुर्वी क्षेत्र शिक्षा, स्वास्थ्य तथा विकास निर्माणको हिसावले अन्य प्रदेशको तुलनामा अघि नै छ । पहाड र तराई मिलेर बनेको प्रदेश १, विकासको प्रचुर संभावना बोकेको प्रदेश पनि हो ।

नेतृत्वकै कुरा गर्ने हो भने युवा जुझारु नेता शेरधन राईलाई मुख्य मन्त्रीको रुपमा पाएको छ । केन्द्रिय सरकारमै रहेर काम गरेको अनुभव नेतृत्वमा छ । अन्य मन्त्री तथा सांसदहरु पनि सशक्त नै छन् ।

तर पनि प्रदेश १ सरकारले न प्रदेशको नामाकरण गर्न नै सकेको छ नत राजधानी नै तोक्न सक्यो । अहिलेसम्म जनताले अनुभुति गर्ने गरी त्यस्तो उल्लेखनीय विकासको योजना पनि अघि सार्न सकेको छैन ।

मुख्यमन्त्री र मन्त्री प्रदेशमा भन्दा बढी राजधानी काठमाडौंमा दौडेको देखिन्छ । सरकार गठनको ६ महिनामा कति उपलव्धीपुर्ण काम भयो ? भन्ने प्रश्नमा सरकारका मन्त्रीसंग नै चित्तबुझदो जवाफ पाइदैन ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे भन्छन, हामी संघीयतामा नयाँ छौं । छ महिनामा हामी स्थापित हुँदैछौं । हतारिनु पर्दैन । अबको एक वर्षमा देखिने गरि काम हुनेछ ।

प्रदेश सरकारका मन्त्रीसंग नै ६ महिने सरकारले गरेको उपलव्धीवारे जनतालाई दिने नयाँ कुरा छैन भने प्रमुख प्रतिपक्षी दलको त कुरै भएन । प्रदेश सरकारको उपलव्धीबारे प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक राजिव कोइराला भन्छन, सरकारका कुरा सरकारलाई नै सोध्नुपर्छ ।

सरकारले जुन मात्रामा कार्य गर्नु पर्ने थियो त्यो मात्रामा गर्न नसकेको अन्य दलका सांसदहरुको भनाइ छ । बहुमतको सरकार भएर पनि विकासलाई अगाडि बढाउन नसकेको मात्र होइन प्रदेश १ सरकारले अझै पूर्णता समेत पाउन सकेको छैन । यो भन्दा लाजमर्दाे अर्काे के हुन्छ ? एक सांसदले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद इन्दिरा रायको बुझाईमा प्रदेश सरकारको ६ महिने कार्यकाल मिश्रित रहेको छ । सकारात्मक र नकारात्मक दुबै रहेको सांसद राय बताउँछन् ।

सांसद विष्णु तुम्बाहाम्फे त प्रदेश १ सरकारको ६ महिने उपलव्धी केही नभएको बताउँछन् । बहुमतको उग्र घमण्डले प्रदेश सरकार अघि बढ्न नसकेको सांसद तुम्बाहाम्फेको बुझाइ छ ।

प्रदेश १ सभामा नेपाल कम्युनिष्ट पार्टीको पुर्ण बहुमत छ । प्रदेश सरकारले विकासमा मात्र गति अघि बढाउन नसकेको होइन प्रदेश सरकारले अझैसम्म पूर्णता समेत पाउन सकेको छैन । जसले त्यहाँबाट हुने हरेक गतिविधि सुस्त र धिमा बनेको छ ।

यसो हुुनुमा प्रमुख प्रतिपक्षी र अन्य दलको असहयोग भन्दा पनि पार्टी भित्रकै चरम गुटबन्दी हो । जसले प्रदेश सरकारलाई अघि बढन आफ्नै गुटबन्दीले अप्ठेरोमा पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);