सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेको 'अरिङगाल' शब्दको मजाक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेको ‘अरिङगाल’ शब्दको मजाक

kp oli

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी ओलीले सरकार विरुद्ध अफवाह फैलाउनेहरुलाई अरिङगाल झै झम्टिन नेता कार्यकर्तालाई दिएको निर्देशनले सामाजिक सन्जालमा राम्रै स्थान पाएको छ ।

प्रधानमन्त्री ओलीले पार्टी एकतालाई कमजोर पार्न देशी, विदेशी प्रतिक्रियावादीहरू लागि परेको दावी गर्दै त्यस विरुद्व अरिङगाल झै झम्टिन दिएको निर्देशनपछि सामाजिक संजाल अरिङगालमय भएको छ ।

सामाजिक संजालमा धेरैले आफ्नो नामको अघि पछि अरिङ्गाल जोडेका छन् । यो सङख्या टुइटरमा अत्याधिक छ । त्यसैगरी प्रधानमन्त्रीले प्रयोग गरेको अरिङ्गाल शब्दमा धेरैले प्रतिक्रिया दिएका छन् ।

सरकारकै मन्त्री लालबाबु पण्डितका पूर्व स्वकिय सचिव वसिम आलमले घुमाउरो शैलीमा उक्त भनाईप्रति असन्तुष्टि जनाएका छन् । वसिमले टुइट गरेका छन् ‘अरिङ्गाल हुन बन्न पनि तयार, नीति र निर्देशन मान्न पनि तयार तर गलतलाई गलत भन्न छोडिदैन । सहि कुराको समर्थन पनि गरिन्छ तर आलुलाई स्याउ कहिल्यै भनिदैन ।”

त्यसैगरी राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला लेख्छन् ‘ न्याय माग्न काठमाडौँ आएका निर्मलाका मर्माहत आमाबा र अधिकारकर्मी भन्छन् “हामीलाई सरकारी जासुसले पलपल पछ्याएर आतङ्कित तुल्याए । अब हाम्ले क्यार्ने हो दाइ ? अरे, ओली सरका अरिङ्गाल आततायी जासुसी औतारमा ? केपी–पीकेको कथित कम्निस्ट शासन त आतङ्कको शासन पो भो यार ! क्या लाजमर्नु!”

त्यसैगरी सामाजिक संजाल प्रयोगकर्ता निरु थापाले ट्वीटरमा लेखेकी छन् ‘ पछिल्लो अपडेट के छ हौ ? कति पुग्यो त अरिङ्गालले चिलेर घाइते हुनेको संख्या ?

विराटनगरमा संचारकर्मी गोकुल पराजुलीको फेसबुक पोष्ट यस्तो छ ‘बन्न त अरिंगाल नै बन्न मन छ । जात पनि अरिंगाले नै हो । तर झिंगा बनिएला भन्ने पिर भो । गुनगुनाइयो मात्र अरिंगाल बन्न चैं सकिएन ।”

उमेश चौहान ट्वीटरमा लेख्छन्, कार्यकर्तालाई कर्मशील माहुरी बनाऊ, कृपया अहंकारी अरिङ्गाल नबनाऊ । जनतालाई सचेत नागरिक बनाऊ, कृपया अन्धभक्त भीड नबनाऊ ।

त्यसैगरी बिनोद त्रिपाठी फेसबुकमा लेख्छन्, ‘किन बनेनन् अरिंगाल ?’ यस्तो हेडलाईन बिहानै एक पत्रिकामा हेर्दा निकै नरमाईलो लाग्यो । प्रधानमन्त्री केपी ओलीले कार्यकर्तालाई अरिंगाल बन्न आग्रह गर्नु, पत्रिकाका मुख्य समाचार यस्ता आएर उक्साउनु कस्ता दायित्वबाट गुज्रियौं हामी ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);