प्रतिनिधिसभा विषयगत समितिका सभापतिको निर्वाचन असोज ५ गते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १ असोज । प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा विषयगत समितिका सभापतिहरुको निर्वाचन असोज ५ गते शुक्रबार विहान ११ बजेका लागि तय गरिएको जानकारी प्रतिनिधिसभालाई गराएका छन् । उनले निर्वाचनको सूचना प्रकाशन गर्न पनि संघीय संसद सचिवालयलाई निर्देशन दिए ।

प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन् । समितिको सभापतिको निर्वाचन यस अघि दुई पटक स्थगित भएको थियो । सभापति चयन हुन नसक्दा समितिहरुको बैठक समितिका जेष्ठ अध्यक्षले संचालन गर्दै आएका छन् ।

राष्ट्रियसभाको विषयगत समितिका सभापतिहरुको भने चयन भईसकेको छ । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);