प्रतिनिधिसभा अन्तर्गत समितिका सभापतिको निर्वाचन सर्‍यो, अब १७ गते हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रतिनिधिसभा अन्तर्गत समितिका सभापतिको निर्वाचन सर्‍यो, अब १७ गते हुने

sadan

काठमाडौं, १ भदौ । प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिको निर्वाचन मिति सरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले सभापतिको निर्वाचन भाद्र १७ गते हुने जानकारी गराए ।

उनले विशेष कारणले प्रतिनिधिसभा नियमावलिको नियम १ सय ७३ को उपनियम १ बमोजिम समितिका सभापतिको निर्वाचन कार्यतालिका सारिएको बताए ।

साथै उनले समितिका सभापतिको निर्वाचन सम्बन्धी संशोधित सुचना प्रकाशित गर्न प्रतिनिधिसभाका सचिव गोपाल नाथ योगीलाई निर्देशन दिए । यसअघि सभापतिको निर्वाचन भाद्र ५ गते मंगलबार ११ बजेका लागि तोकिएको थियो ।

यसैबीच बैठकमा सरकारले भुक्तानी तथा फस्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गरेको छ । सरकारका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले सो विधेयक प्रस्तुत गरेका हुन् । विधेयकमाथि कुनै पनि विरोधको सुचना परेका छैनन् । अर्कौ बैठक भदौ ४ गते सोमबार १ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);