समितिका सभापतिकाे निर्वाचन कार्यक्रम स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

समितिका सभापतिकाे निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं, १५ भदौ । शनिवार हुने भनिएको प्रतिनिधिसभा अन्तर्गतका १० वटा समितिका सभापतिको निर्वाचन सम्बन्धी पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।

प्रतिनिधिसभा सचिवालयद्धारा शुक्रवार जारी सूचनामा सभामुख कृष्णबहादुर महराको निर्देशनमा अर्को सूचना प्रकाशित नभएसम्म समितिका सभापति चयनसम्बन्धी निर्वाचनका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

निर्वाचनको पूर्वनिर्धारित कार्यक्रमअनुसार भदौ १६ गते शनिबार बिहान ११ देखि दिउँसो ५ बजेसम्म प्रस्ताव दर्ता गर्ने, भदौ १७ गते आइतवार बिहान ११ बजेदेखि प्रारम्भ हुने समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्न कार्यक्रम रहेको थियो ।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा, अर्थ, अन्तर्रा्ष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि समिति रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);