धर्मशालाको उद्घाटन गर्दै ओली र मोदीले के भने ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

धर्मशालाको उद्घाटन गर्दै ओली र मोदीले के भने ?

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतीनाथले नेपाल र भारतबीचको मित्रतातलाई जोड्ने पुलको रुपमा काम गरेको बताएका छन् ।

शुक्रबार पशुपतिनाथ क्षेत्रमा नेपाल भारत मैत्री धर्मशालाको उद्घाघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भगवान पशुपतीनाथले दुई देशबीचको मित्रतालाई जोड्ने पुलको रुपमा काम गरेको बताउँदै यस धर्मशालाले पशुपति क्षेत्रमा आउने हजारौ भक्तजनहरुलाई सहज हुने बिश्वास व्यक्त गरे ।

लुम्बिनी भ्रमणको निम्तो दिँदै ओलीले मोदीलाई बुद्धिष्ट सर्किट र रामायणम सर्किटमा साथ र समर्थन दिन पनि आग्रह गरेका छन् । लुम्बिनी बुद्धधर्मको मुहान रहेको भन्दै उनले बुद्धिष्ट सर्किटमा भारतको समर्थनको अपेक्षा गरे ।

सोहि कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा नहुँदासम्म सफल नहुने स्पष्ट पारे । हरेक नेपाली र हरेक भारतीय एक अर्कासँग नमिल्दासम्म दुई देशबीचको सम्बन्ध अगाडि बढ्न नसक्ने उनको भनाइ थियो।

उनले पशुपतिमा बनेको धर्मशाला एउटा बासबस्ने स्थान मात्र नभएर जनसम्बन्ध स्थापनामा कोशेढुंगा सावित हुने बताए । भारतमा ’सबका साथ सबका विकास’ भन्ने नाराले नेपालीलाई पनि समेट्ने बताउँदै मित्र भारतको सहयोग नेपाललाई सधै रहने उनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);