आजदेखी धुवाँ फाल्ने सवारी साधन चलाउन निषेध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आजदेखी धुवाँ फाल्ने सवारी साधन चलाउन निषेध

pollution by vehicle

अप्सरा लामिछाने
काठमाडौं, १ भदौ । सरकारले वायुप्रदुषण नियन्त्रण गर्न धुवाँ फाल्ने निजि तथा सार्वजनिक सवारी साधनलाई शुक्रबारदेखि चलाउन निषेध गरेको छ । यातायात व्यवस्था विभागले हरियो स्टिकरबिना सवारी साधन चलाएमा तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने भएको छ । स्टिकरबिना चलाएमा ५ सयदेखि २ हजार सम्म जरिवाना तिर्नुपर्ने विभागले जनाएको छ ।

वायुप्रदुषणको मुख्य कारण सवारी साधनबाट निस्कने धुँवा भएकोले सरकारले धुवाँ फाल्ने निजि तथा सार्वजनिक सवारी साधनलाई चलाउन निषेध गरेको छ । डिजेल र पेट्रोलबाट चल्ने गाडीले मापदण्ड भन्दा बढी धुँवा फालेकाले यातायात व्यवस्था विभागले देशभरका सडकमा शुक्रबारबाट कडाइ गरेको हो । सरकारले उपत्यकाको नागढुंगा, बल्खु, सल्लघारी, टेकु, ठुलो भ¥याङ र एकान्तकुनामा प्रदुषण मापन गर्दै आएको छ ।

प्रदुषित गाडीलाई २०७५ बैशाखदेखी नै बन्देज लगाउने निर्णय गरेको थियो । तर, प्रदुषण परीक्षण गर्नै मेसिन आपूर्तिमा ढिलाई भएपछि भदौ १ देखि नियम लागू गरेको हो । सरकारले ४० वटा प्रदुषण जाँच गर्ने मेसिन खरिद गरिसकेको छ । विभागले सवारी साधनको प्रदुषण जाँच नगराई हरियो स्टिकरबिना सवारी चलाएमा ५ सयदेखि २ हजारसम्म जरिवाना गरिने जनाएको छ ।

वायुप्रदुषणको मुख्य कारक सवारी साधन रहेको विभिन्न तथ्यांकले देखाएको छ । ३८ प्रतिशत प्रदुषण सवारीसाधनबाट निस्किएको धँुवाले हुने गरेको छ । विभागका अनुसार हाल देशभरमा ३० लाख बढी सवारी गुड्छन । ती मध्ये १२ लाख भन्दा बढी उपत्यकामा गुड्ने गरेको छ ।

सरकारले २०५३ सालदेखि नै गाडीको प्रदुषण मापन गर्न थालेपनि प्रभावकारी भएको थिएन । सरकाले अहिले कडाइकासाथ नियम लागू गर्ने बताएपनि कार्यन्वयन हुनेमा आशंका अत्तिकै छ । तर नियमलाई सवारी धनीले पालना गर्ने हो भने प्रदुषण नियन्त्रण हुनेमा दुई मत छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);