चैतदेखि भाडाका साना सार्वजनिक सवारी साधन विस्तापित गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चैतदेखि भाडाका साना सार्वजनिक सवारी साधन विस्तापित गर्ने तयारी

सर्मिला गुरुङ ।
५ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जामको समस्या कम गर्न यातायात व्यवस्था विभागले चैतदेखि ठूला सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउने तयारी सुरु गरेको छ । विभागले आगामि चैतदेखि भाडाका साना सार्वजनिक सवारी साधनलाई विस्थापित गर्दै ठूला सावरी साधन संचालनमा ल्याउने भएको हो ।

यात्राका क्रममा घण्टौं घण्टासम्म ट्राफिक जाममा बस्नु पर्ने बाध्यता काठमाडांैबासिका दैनिकि नै बन्ने गरेको छ । काठमाडौं उपत्यकामा झण्डै ४० लाख मानिस बसोबास गर्छन् । उपत्यकामा यी मानिसहरुले प्रयोग गर्ने सवारी साधन, निजि र सार्वजनिक गरेर झण्डै १२ लाख सवारी साधन छन् ।

तर यतिका मात्रामा गुड्ने सवारी साधनका लागि भने आवश्यक अनुसारको सडक नहुदा दैनिक जसो यात्रुले यात्राका क्रममा यसरीनै पट्यार लाग्दा ट्राफिक जामको सामना गनुपर्ने बाध्यता छ । तर अब भने यातायात व्यवस्था विभागले उपत्यकाको ट्राफिक जामलाई केहि भए पनि व्यवस्थापन गर्नका लागि नयाँ कार्ययोजना अघि सारेको छ ।

जस अनुसार विभागले अगामि चैत महिना देखि काठमाण्डौ उपत्यकामा संचालित साना भाडाका सवारी साधनलाई विस्थापित गर्दै ठूला सवारी साधन संचालनमा ल्याउदै छ । यातायात व्यवस्था विभागले पहिलो चरणमा काठमाडौंको सिनामंगलदेखि गोंगबु सम्मको रुटमा संचालन हुने टेम्पो तथा माइका्रे बसलाई विस्थापित गर्ने छ ।

पहिलो चरणमा सुधार आएमा क्रमशः अन्य रुट पनि लागु हुने विभागको योजना रहेको छ । यस्तै यातायात व्यवस्था विभागले बर्षाैदेखि साना सवारी साधनमा काम गर्दै आइरहेकाहरुको रोजिरोटिलाई समेत सुनिश्चित गरेको छ ।

त्यस्तै विभागले विस्थापित सवारी साधनको धनिलाई समेत मर्कामा पर्न नदिन ठूला सवारी साधन खरिद गर्नका लागि ८० प्रतिशत सम्म सहुलियत ऋण दिने व्यवस्था मिलाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);