मदिराको प्रचारप्रसार गरेको भन्दै विधार्थीको विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मदिराको प्रचारप्रसार गरेको भन्दै विधार्थीको विरोध

८ फागुन काठमाडौं । कञ्चनपुरमा जारी १० औं सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा मदिराको प्रचारप्रसार गरेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् ।

महोत्सवमा खुला रुपमा मदिराको प्रचारप्रसार हुँदा त्यसले नकारात्मक सन्देश दिएको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले विरोध जनाएका हुन । उनीहरुले तत्काल मदिराजन्य पदार्थको प्रचारप्रसार बन्द गर्न माग गरेका छन् ।

साथै महोत्सवमा चर्को मुल्यमा टिकेटको विक्री वितरण भईरहेको तथा आयोजकले आफन्तहरुलाई मनलागी रुपमा पास वितरण गरेको भन्दै विद्यार्थीहरुले आयोजकको ध्यानाकर्षण समेत गराएका छन् । 

विद्यार्थिहरुले टिकट काउन्टर नजिक रहेका मदिराजन्य पदार्थको ब्यानर च्यातेका छन् भने वैकल्पीक व्यवस्था नअपनाए महोत्सव नै ठप्प पार्ने चेतावनी दिएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);