२० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन निषेध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

२० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन निषेध

१८ फाल्गुन, काठमाडौं । सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन बुधबारबाट निषेध गरेको छ । थोत्रा गाडी वातावरण प्रदूषण वृद्धि एवं सडक दुर्घटनाको प्रमुख कारक बनेको भन्दै उपत्यकाबाट हटाइएको हो ।

२० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन निषेध

१८ फाल्गुन, काठमाडौं । सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन बुधबारबाट निषेध गरेको छ । थोत्रा गाडी वातावरण प्रदूषण वृद्धि एवं सडक दुर्घटनाको प्रमुख कारक बनेको भन्दै उपत्यकाबाट हटाइएको हो । २० वर्ष पुराना थोत्रा गाडीमा यातायात कार्यालयले रुटपरमिट, सवारी नवीकरण तथा जाँचपासमा समेत रोक लगाएको छ ।

मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको झण्डै साढे २ वर्षपछि बुधबारबाट उपत्यकामा २० बर्ष पुराना सवारी साधन चलाउन रोक लगाइएको छ ।थोत्रा सवारी साधनले वातावरण प्रदुषण देखि लिएर सडक दुर्घटनामा समेत बृद्धि भएको भन्दै विक्रम संवत्२०७१ साल भदौ १९ गतेको मन्त्रिपरिषदको बैठकले २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई विस्थापित गर्ने निर्णय गरेको थियो ।

यसै निर्णय अनुसार यातायात व्यवस्था विभागलेसार्वजनिक सूचना मार्फत २०७३ फागुन १८ बाट उपत्यकाभित्र २० वर्ष पुराना सवारीसाधन चलाउन पूर्णरुपमा रोक लगाइने जानकारी दिएको थियो । यसै अनुसार बुधबारबाट उपत्यकामा २० वर्ष नाघेका भाडाका बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेप्पो संचालनमा पुर्ण रुपमा रोक लगाइएको हो ।

यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा २० वर्ष नाघेका झन्डै २ हजार ५ सय सार्वजनिक सवारीसाधन रहेको अनुमान छ । यस्ता सवारी साधनलाई यातायात कार्यालयले रुटपरमिट दर्ता नवीकरण तथा जाचपासमा समेत रोक लगाएको छ । २० वर्ष पुराना थोत्रा सावारी साधन संचालन गुर्न अबैधानिक हो । र यसको निगरानि गर्नका लागि विभाग र महानगरीय ट्राफिक महाशाखाको संयुक्त टोलीले अनुगमन गर्नेछ ।

यदि २० वर्ष पुराना सवारी सडकमा भेटिएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १ सय ६१ अनुसार १ हजार देखि ५ हजार सम्म जरिवाना र सडकबाटै नियन्त्रण लिन सक्ने व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);