थोत्रा गाडी, अब चढ्न पर्दैन, सरकारले लगायो प्रतिवन्ध, चलाए के हुन्छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

थोत्रा गाडी, अब चढ्न पर्दैन, सरकारले लगायो प्रतिवन्ध, चलाए के हुन्छ ?

आजदेखि काठमाडौं उपत्यकामा २० वर्ष पुराना भाडाका गाडी चलाउन प्रतिवन्ध, आगामि वर्षको फागुन मसान्त सम्म देशभरबाटै पुराना सवारी हटाइने

थोत्रा गाडी

काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यकामा २० वर्ष पुराना भाडाका गाडी चलेको भेटिए कारवाही गर्ने भएको छ ।

वातावरण प्रदुषण गरेको, ट्राफिक व्यवस्थापनमा समस्या थपेको तथा सडक दुर्घटनाको मुख्य कारण पुराना गाडी भएकाले विस्थापित गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

मंगलबारसम्म पुराना गाडीको कर तिरेर कवाडी बनाउन सर्वसाधारण नागरिकलाई सचेत गराइएकाले आजदेखि पुराना गाडी चलाएको भेटिए विभागले जफत गरेर गाडी धनीलाई कारवाही पनि गर्ने जनाएको छ ।

विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेका अनुसार बिहीबारदेखि पुराना गाडीको नवीकरण, रुट इजाजत, दर्ता र कर उठाउने प्रक्रिया बन्द गरिने छ ।

पहिलो चरणमा उपत्यकामा रहेका झण्डै २५ सय देखि ३ हजार वटा २० वर्षे पुराना गाडी हटाउन लागिएको विभागका सवारी तथा सवारी चालक नियमन शाखाका अधिकृत अर्जुन रिजालले बताउनुभयो ।

उहाँका अनुसार उपत्यकाका पुराना गाडी हटाएपछि अर्को वर्षको फागुन मसान्तसम्ममा देशभरीबाटै पुराना गाडी हटाइनेछ । यस्तै भाडाका गाडी हटाएपछि विस्तारै निजी र पर्यटक चढ्ने पुराना गाडी पनि हटाइने उहाँले बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुराना गाडी हटाउने जिम्मा यातायात व्यवस्था विभागलाई दिएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);