सरकारलाई गुनासो सुनाउँदै माझी समुदाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकारलाई गुनासो सुनाउँदै माझी समुदाय

शर्मिला गुरुङ १७ फागुन, काठमाडौं । सदियौंदेखि नदी किनारलाई आफ्नो थातथलो बनाएर बसोबास गरिरहेका माझीहरुको आफ्नो छुट्टै भाषा र संस्कृति छ । माझी समुदायले लदिपुजा अर्थात मुलपुजालाई बर्षाैदेखि गाउँघरमा महान् पर्वको रुपमा बडो धुमधामका साथ मनाउँदै आइरहेका छन् ।

सरकारलाई गुनासो सुनाउँदै माझी समुदाय

शर्मिला गुरुङ १७ फागुन, काठमाडौं । सदियौंदेखि नदी किनारलाई आफ्नो थातथलो बनाएर बसोबास गरिरहेका माझीहरुको आफ्नो छुट्टै भाषा र संस्कृति छ । माझी समुदायले लदिपुजा अर्थात मुलपुजालाई बर्षाैदेखि गाउँघरमा महान् पर्वको रुपमा बडो धुमधामका साथ मनाउँदै आइरहेका छन् ।

तर सवै जातिको चाडलाई राष्ट्रिय चाडको रुपमा सरकारले हेरे पनि माझीको यो चाडको भने सुइको समेत पाउन सकेको छैन । नेपाल बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक र विविधता भएको राज्य हो । तर पनि यहाँ विविधता भित्र विभेद भएको देखिन्छ । यीनै विविधता भित्र माझी समुदाय पनि पर्छन् ।

सदियौं देखि नदि किनारलाई आफ्नो थातथलो बनाएर बसोबास गर्दै आइरहेका माझी समुदायको आफ्नो छुट्टै भाषा, संस्कृति र परम्परा रहेको छ । यस्तै बर्षाैदेखि यस जातिले लदिपुजालाई आफ्नो महान् पर्वको रुपमा मनाउदै आइरहेका छन् । तर सवै जातिको चाडलाई राष्ट्रिय चाडको रुपमा घोषणा गर्ने सरकारले माझीको यो चाडको भने सुइको समेत पाउन सकेन ।

अन्य पर्वहरु झै लदिपुजालाई समेत राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नका लागि माझी समुदायले बारम्बार सरकारलाई ज्ञापन पत्र बुझाका थिए । तर बारम्बार ज्ञापन पत्र बुझाउदा समेत सुनाइ नभएकाले राज्यबाट समेत आफुहरुमाथि विभेद भएको उनीको गुनासो छ ।
माझी समुदायले लदिपुजा हरेक वर्ष फागुन महिनाको तेस्रो सातादेखि तिनदिन सम्म मनाउने गर्छन । लदिपुजा भनेको जलपुजा हो । यो पर्वमा उनीहरुले नदिनाला एवम् खोला किनारमा बसेर जल, भूमी, वायु र माझीजातिको पेशामा संलग्न हुने औजार तथा सामाग्रीहरुको पुजा गर्ने प्रचलन छ ।

नेपालको ६८ वटा जिल्लाका विभिन्न खोलानालाको किनारामा बसोवास गर्दै आएका माझी समुदाय आदिवासी जनजाति भित्रको अतिसिमान्तकृत समुहमा पर्ने जाति हो । यस जातिको आफ्नै भाषा, संस्कार, संस्कृति, धर्म र परम्पराहरुको साथमा बेग्लै पहिचान बोकेको छ । २०६८ सालको जनगणना अनुसार ८३ हजार ७ सय २७ माझिहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);