५२ बिगहाको ऐतिहासिक झरोखर पोखरी साघुरिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

५२ बिगहाको ऐतिहासिक झरोखर पोखरी साघुरिदै

श्याम गुप्ता
बारा , १७ फागुन ।
बाराको ऐतिहासिक क्षेत्र सिम्रौनगढमा रहेको मानव निर्मित ५२ बिगाहाको झरोखर पोखरी साघुरिदै आएको छ । बढ्दो अतिक्रमण र मरमत सम्भारको अभावमा ५२ बिगाहाको ऐतिहासिक पोखरी साघुरिएर २२ बिगाहामा झरेको हो । नेपाल भारत सिमानाको १० गजासँगै जोडिएको यो पोखरी लगभग ८ सय बर्ष पुरानो मानिन्छ । पछिल्लो समय

५२ बिगहाको ऐतिहासिक झरोखर पोखरी साघुरिदै

श्याम गुप्ता
बारा , १७ फागुन ।
बाराको ऐतिहासिक क्षेत्र सिम्रौनगढमा रहेको मानव निर्मित ५२ बिगाहाको झरोखर पोखरी साघुरिदै आएको छ । बढ्दो अतिक्रमण र मरमत सम्भारको अभावमा ५२ बिगाहाको ऐतिहासिक पोखरी साघुरिएर २२ बिगाहामा झरेको हो । नेपाल भारत सिमानाको १० गजासँगै जोडिएको यो पोखरी लगभग ८ सय बर्ष पुरानो मानिन्छ । पछिल्लो समय यस पोखरीलाई नेपाली तथा भारतीय पक्षबाट थिचो मिचो हुँदेै आएको छ । दुबै पक्षबाट पेखरीका छेउछाउमा गाई भैंसी बाँध्ने , ससाना घर टहरा बनाउँने र पोखरीको माटो काट्ने काम भईरहेको स्थानीय बताउँछन् ।

तत्कालिन अवस्थामा यो पोखरी कृतिम तरिकाले निर्माण गरेपनि गरेको पाईन्छ । केही बर्ष अघि सम्म पोखरीका डिलमा बिभिन्न जातका फलफूलहरु जस्तै ः आँप , रुख कटहर , लिच्चि जस्ता रुखहरुको घना जंङ्गलै जस्तो देखिने यो बगैंचा हालका दिनमा पातलिदै गएको अवस्था भएको छ ।

यो पोखरी गुठी संस्थान बिरगंजको मातहतमा रहेपनि गत बिक्रम सम्बत् २०३५ साल देखि गाविस कचोर्वाले ठेक्का लगाई आम्दानी लिने गरेको छ । यस पटक पाँच बर्षका लागि माछा व्यावसायिले १ करोड ९५ लाखमा ठेक्का पारेका छन् ।

यस पोखरीको वरीपरि अवस्थित बगैंचा र माछा ठेक्काबाट बर्षेनी ठुलो रकम आय आर्जन हुँने देखिए पनि यस पोखरीको संरक्षण सम्वद्र्धन तर्फ कसैले चाँसो देखाएकोे देखिदैन । ऐतिहासिक सिम्रौनगढ क्षेत्रमा अवस्थित यस पोखरीलाई बैज्ञानीक योजनाका साथ व्यवस्थापन गर्न सके पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकिने प्रसस्त संभावना रहेको स्थानी रामेश्वर मेहता बताउँ छन् ।

सिम्रौनगढ आँफैमा ऐतिहासिक र धार्मिक स्थल भएकाले यस पोखरीको उचित संरक्षण र सम्वद्र्धन तथा प्रचार प्रसार गर्न सके आन्तरीक तथा वाह्य पर्यटकहरु ठुलो सख्यामा आउँने संम्भावन देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);