म्याग्दीमा ७४ हजार मतदाता | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

म्याग्दीमा ७४ हजार मतदाता

म्याग्दी जिल्लामा ७४ हजार जनाभन्दा बढीको तस्बिरसहितको मतदाता नामावली दर्ता भएको छ ।

आजबाट निर्वाचन आचारसंहीता लाग्ने

बाबियाचौर (म्याग्दी), १७ फागुन । म्याग्दी जिल्लामा ७४ हजार जनाभन्दा बढीको तस्बिरसहितको मतदाता नामावली दर्ता भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा हालसम्म ३८ हजार ७९२ जना महिला, ३५ हजार ४८३ पुरुष र एकजना तेस्रो लिङ्गीले तस्बिरसहितको मतदाता नामावली दर्ता गरेका छन् । 

विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ मतदान गर्ने ५६ हजार ५५३ जना मतदाता रहेका थिए । पछिल्लो तीन वर्षयता १७ हजार जनाभन्दा बढी मतदाता थपिएका निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला निर्वाचन, जिल्ला प्रशासन कार्यालय र घुम्ती टोली परिचालन गरेर तस्बिरसहितको मतदाता नामावली दर्ता गरिएको थियो । आगामी वैशाख ३१ गते हुन लागेको निर्वाचनमा सहभागी हुन योग्य मतदाता विवरणलाई अन्तिम रुप दिने तयारी भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो । 

आगामी स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउनेछन् । फागुन ९ गतेदेखि नामावली दर्ता स्थगित भएको छ । बाहिरी जिल्लामा नामावली दर्ता गरेका र १८ वर्ष उमेर पुगेका मतदाताको विवरण अद्यावधिक गर्ने काम भइरहेको निर्वाचन अधिकारी पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार आजदेखि पाँच दिनसम्म मतदाता नामावलीमा दाबी विरोध, त्रुटि सच्याउने कार्यतालिका रहेको छ । 

यसैबीच, राज्य पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक नहँुदा मतदान केन्द्र र स्थानीय तह अनुसारको मतदाता नामावली विवरण तयार गर्न निर्वाचन आयोगलाई अप्ठ्यारो परेको छ । 

आयोगले फागुन मसान्तसम्म जिल्लामा रहने मतदान केन्द्रको टुङ्गो लगाएर पठाउन निर्देशन दिएपनि राज्य पुनःसंरचना प्रतिवेदन सार्वजनिक नहुँदा काम अघि बढाउन नसकिएको निर्वाचन अधिकारी पौडेलले बताउनुभयो । रासस 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);