महिला अधिकार, उत्थान, जागरण र सशक्तीकरणका क्षेत्रमा सरकारलाई सल्लाह दिन विज्ञ समुह गठन | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

महिला अधिकार, उत्थान, जागरण र सशक्तीकरणका क्षेत्रमा सरकारलाई सल्लाह दिन विज्ञ समुह गठन

१६ फाल्गुन काठमाडौं । महिला अधिकार, उत्थान, जागरण र सशक्तीकरणका क्षेत्रमा सरकारलाई आवश्यक सल्लाह र सुझाव दिन महिला विज्ञ समूह गठन गरिएको छ ।

महिला अधिकार

१६ फाल्गुन काठमाडौं । महिला अधिकार, उत्थान, जागरण र सशक्तीकरणका क्षेत्रमा सरकारलाई आवश्यक सल्लाह र सुझाव दिन महिला विज्ञ समूह गठन गरिएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले अधिकारकर्मी चाँदनी जोशीको संयोजकत्वमा पाँच सदस्य महिला विज्ञ समूह गठन गरेको हो । समूहमा अनुराधा कोइराला, बन्दना राणा, लिली थापा र शान्तालक्ष्मी श्रेष्ठ सदस्य हुनुहुन्छ । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महिला  बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले सो समूह गठन गरिएको जानकारी दिनुभयो ।

यस्तै मन्त्री खड्काले महिलामा लाग्ने पाठेघर तथा स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने गरी गृहकार्य भइरहेको जानकारी दिनुभयो । मन्त्रालयले निजामती, शिक्षा, स्वास्थ्य, सेना तथा निजी क्षेत्रका कर्मचारीको तलबको १० प्रतिशत आ–आफ्ना जन्मदाताको खातामा अनिवार्य जम्मा गर्नुपर्ने तथा ज्येष्ठ नागरिकले पनि कूल सम्पत्तिको ७५ प्रतिशतभन्दा बढी सन्ततिलाई दिन नहुने योजना ल्याउन लागेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);