काठमाडौंमै करिब ६० हजार नयाँ मतदाता थपिए | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

 

काठमाडौँ, ४ भदौ । सिन्धुपाञ्चोक तातोपानीका जाङ्गु लामाले बबरमहलस्थित क्षेत्रीय निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली संकलन केन्द्रमा गई फोटोसहितको मतदान परिचय पत्रमा नाम दर्ता गराए ।

पहिलोपटक फोटोसहित नामावलीमा नाम दर्ता गराएपछि उनी अब हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

काठमाडौँ बस्दै आएकी गोरखा तान्द्राङकी मायादेवी खनालले गोरखामा रहेको आफ्नो मतदाता नामावली यहाँ सारिन् । जाङ्गु र मायादेवीजस्ता मतदाता नामावलीमा नाम छुटेका, नामावली सार्ने र नामावलीमा त्रुटि भएकाले नाम दर्ता गराउने, नामावली सार्ने र त्रुटि सच्याउने कार्य गरिरहेका छन्।

 

अहिले काठमाडौँमा रहेका तीन संकलन केन्द्रबाट आगामी सङ्घ र प्रदेश निर्वाचनका लागि देशभरिका मतदान गर्न योग्य नागरिकको नाम दर्ता, ठाउँ सार्ने र त्रुटि सच्याउने कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख चन्द्र गौतमले बताए। उनले ती ठाउँमा अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि भीड नै लाग्ने गरेको बताए।

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय, बबरमहलस्थित जिल्ला समन्वय समिति र राष्ट्रिय सभागृहमा मतदान नामावलीमा छुट भएका नागरिकले गई फोटोसहितको मतदाता परिचय पत्र बनाइरहेका छन् । तीबाहेक साउन १६ गतेदेखि काठमाडौँ जिल्लाका १० नगरपालिकाबाट मतदाता परिचय पत्र बनाइरहेका छन् ।

जिल्ला समन्वय समितिमा ११ वटा स्थान र सभागृहमा १० वटा स्थानमा फोटोसहितको नामावली संकलन गर्ने कार्य भइरहेको छ ।

बबरमहलस्थित संकलन केन्द्रमा खट्नुभएका कार्यालयका अधिकृत शान्ति बोगटीले फोटोसहितको नामावली दर्ताका लागि सर्वसाधारणको भीड रहेको बताए । उनले दैनिक करिब एक हजार पाँचसय मतदाताको नाम दर्ता गर्ने कार्य भइरहेको बताए ।

केन्द्रमा १७ जना कर्मचारीले बिहान ७ देखि साँझ ६ बजेसम्म फोटोसहितको नामावली दर्ता गराउने गराउँछन् । उनका अनुसार सबभन्दा बढी रामेछाप, सिन्धुली, सिन्धुपाञ्चोक, बारा, पर्सा, सर्लाही जिल्लाका अधिकांश मानिस मतदाता नामावलीमा नाम दर्ता गराउन आएका छन् । उनले दुईदेखि पाँच मिनेटभित्रमा फोटोसहितको नामावली दर्ता गराउने गरेको बताइन् ।

अहिलेसम्म काठमाडौँस्थित सो केन्द्रमा करिब ६० हजारले नाम दर्ता गराएका छन् । तीमध्ये ४२ हजार काठमाडौँ बाहिरका जिल्लाका रहेको गौतमले बताए । उहाँका अनुसार दुई हजार पाँचजनाको ठाउँसारी र पाँचसयजनाको त्रुटि सच्याउने काम सम्पन्न भएको छ। कान्तिपुर दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);