मतदाता नामावली संकलन कार्य यही साउन मसान्त सम्म मात्रै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साउन २८ , काठमाण्डौँ । निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली संकलन कार्य यही साउन मसान्त सम्म मात्रै गर्ने भएपछि अहिले नाम दर्ताका लागि सर्वसाधरणमा निक्कै उत्साह देखिएको छ । अन्य जिल्लाका मतदाताहरुको नाम पनि राजधानीमै दर्ता गर्न सकिने भएपछि अहिले नामावली संकलन स्थलहरुमा सर्बसाधरण्काको भिड लागेको छ ।

फोटो सहितको मतदाता नामावली संकलनको अबधी केही दिन मात्रै बाँकी रहँदा राजधानीका बिभिन्न स्थानमा नाम दर्ताका लागि सर्बसाधरणको भीड लागेको छ । निर्बाचन आयोग परिसर, राष्ट्रिय सभा गृह, जिल्ला समन्वय समिति सहितका स्थानमा बिहान ६ बज देखि नै सर्बसाधरणको लाइन लाग्ने गरेको छ ।

राजनीतिक दल र स्थानिय तह देखि नै अन्तर जिल्लाबाट समेत नाम दर्ता गर्न पाउनु पर्ने दबाब आए पछि आयोगले साउन १६ गते देखि बाहिरी जिल्लाका सर्बसारधणको मतदाता नामावलीमा नाम दर्ताको व्यवस्था मिलाएको छ । बाहिर जिल्लाका सर्बसाधरणको राजधानीमा अधिक बसोबास रहेकाले यहाँ बढि भिड लागेको हो ।

साउन १६ यता मात्रै राजधानीबाट ६० हजार ब्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । सर्बसाधरणको उत्साहजनक सहभागीता रहेपछि निर्बाचन आयोगले शनिबार पनि नामावली संकलन कार्य जारी राखेको छ । दर्ताका लागि काठमाडौँमा मात्रै ५० जना कम्प्युटर अपरेटर सहित कर्मचारीहरु खटाइएको छ । यद्यपी सर्बसाधरणको भीडलाइ ब्यबस्थापन गर्न नसक्दा भने सर्बसाधरणले झण्डै ६ घण्टासम्म लाइन बस्नु परेको गुनासो गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);