सिरहाका एक दर्जन गाउँ डुबानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

साउन २८ , काठमाण्डौँ । केही दिनदेखिको निरन्तरको वर्षाका कारण सिरहाका एक दर्जन गाउँ डुबानमा परेका छन् ।

सिरहाको बेल्हा, औरही, सारस्वर, हरकट्टी, मल्हनिया गम्हरिया, सिक्रोन, मल्हनिया पिरारी, मिर्चैया, लहानलगायत गाउँ र बजार क्षेत्र डुबानमा परेका हुन् । बाढीका कारण गाउँ र बजार क्षेत्रको सम्पर्क विच्छेद भएको छ । प्राचीन सारस्वरनाथ मन्दिर र सारस्वर गाउँ कमलाको बाढीकोे डुवानमा परेका छन् । मल्हनिया र पिरारी जोड्ने सडकको कल्भर्टनजिककैको माटो बाढिले बगाएपछि सडक सम्पर्क टुटेको छ । राजमार्गमाथिबाट बाढी बगेपछि पूर्व–पश्चिम राजमार्गमा पर्ने मिर्चैयामा सडक अवरुद्ध भएको छ ।

यस्तै गागन नदीले आफ्नो बहाव बदल्दा औरही, हरकट्टी र इटाटारलगायतका गाउँहरु जोखिममा परेको स्थानीय प्रशासनले जनाएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);