पर्साका ग्रामीण क्षेत्रमा डुबानका साथै कटान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पर्साका ग्रामीण क्षेत्रमा डुबानका साथै कटान सुरु

पर्सा । भारी वर्षासँगै आएको बाढीका कारण पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा डुबान हुनुका साथै कटान सुरु भएको छ ।

नदि अतिक्रमण तथा बनेका सडक लगाएतका पूर्वाधारहरु व्यवस्थीत नबनाईदा डुबानको क्षेत्र बढ्दै गएको हो ।

विगत दुई वर्षदेखि ठोरीका सयौं घर, गाउँ डुबानमा पर्दै आएका छन् । हुलाकी सडक निर्माण कार्य भएपश्चात पानीको उचित निकास नहुँदा ठोरी क्षेत्र डुबानमा पर्नुका साथै सयौं बिघा अन्न तथा तरकारी बाली डुबानमा परेको हो ।

वीरगंज–ठोरी हुलाकी सडक पूर्व–दक्षिणबाट उत्तर–पश्चिमतर्फ बनेको छ । खेतको सतहभन्दा सडकको सतह पाँचदेखि दश फीटसम्म उच्च पारी निर्माण गरिएको र पानीको उचित निकासको व्यवस्था नहुँदा बस्ती जोखिममा परेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);