जुम्लामा मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तरक्रिया | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जुम्लामा मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तरक्रिया

जुम्ला । जुम्लामा मतदाता नामावली अद्यावधिक  सम्बन्धी सम्बन्धी अन्तरक्रिया भएको छ ।  जिल्ला निर्वाचन कार्यालय जुम्लाले जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायबीच मतदाता नामावली अद्यावधिक अन्तरक्रिया गरेको हो ।
 
निर्वाचन आयोग नेपालले जारी गरेको संशोधित सूचनाका आधारमा हराएका मतदाता  परिचयपत्र कार्ड फागुन २० गते भित्र लिने व्यवस्थाका बारेमा समेत जानकारी गराइएको छ । सम्बन्धित  व्यक्तिले  निवेदन र वडाको सिफारिससहित इमेल, फ्याक्स र अन्य माध्यमबाट पनि निर्वाचन कार्यालयमा पठाउन सक्ने व्यवस्था गरिएको छ ।

कार्यालय प्रमुख महेश शर्माले जुम्लामा जम्मा ६८ हजार ७ जना मतदाता नामावली रहेको बताए । उनका अनुसार चन्दननाथ नगरपालिका ११ हजार नौ सय २८, कनकासुन्दरी गाउँपालिका नौ हजार ७८, गुठिचौर गाउँपालिका ६ हजार पाँच सय ३९, तातोपानी गाउँपालिका नौ हजार चार सय तीन, तिला गाउँपालिकामा सात हजार नौ सय ३९, पातारासी गाउँपालिका आठ हजार छ सय ७६, सिञ्जा गाउँपालिका आठ हजार एक सय ३७ र हिमा गाउँपालिका ६ हजार तीन सय जनाको नामावली रहेको छ । एक पालिकामा एक हजार भन्दामाथि मतदाता रहेको खण्डमा अनुमानित मतदान केन्द्र १०२ हुने सक्ने बताइएको छ । 

अन्तरक्रिया हराएको मतदाता परिचय पत्रको आवेदन दिने समय छोटो भएकाले संशोधन गर्ने समय छोटो भएकाले  मिति थप्न सरोकारवाला निकायले आग्रह गरेका छन् । स्थानीय राजनीतिक दलले हिमाली क्षेत्रका मानिस व्यापार व्यवसायमा बाहिर जानुपर्ने अवस्था भएकाले फागुन २० गते छोटो सूचना हुने सुझाव दिएका छन् । 

नेकपा माओवादीका प्रदेश सदस्य पूर्णप्रसाद धिताल, नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुनसिंह कठायत, नेकपा एमालेका जयबहादुर खत्री, नेकपा एकीकृत समाजवादीका भीम थापा, राप्रपाका कालीबहादुर महतले मिति बढाउन अनुरोध गरेका छन् ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले  जुम्लाका धेरै नागरिक भारतमा भएकाले नागरिकताले नै नागरिकले मतदान गर्न पाउने अधिकार हुनुपर्ने बताए । हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले हराएका परिचयपत्रका लागि वडा कार्यालयबाट संकलन गर्ने अभियानमा समेत गाउँपालिका लागेको बताए ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले निर्वाचनमा अहिले प्रधान विषय दर्ता भइसकेका मतदाता अनुसारका नामावली अनुसारका व्यक्ति कसरी मतदान स्थलमा पुर्‍याउन सकिन्छ भन्ने तयारीका लागि सबै लाग्न अनुरोध गरे  । उनले  अन्तरक्रियामा कानुनलाई आधार मानेर काम गनुपर्ने र अर्को दुर्गमताको कारणले आउने समस्याको बारेमा आयोगलाई जिल्लाको जानकारी हुनुपर्नेमा जोड दिइन् ।

मतदाता नामावली हस्तान्तरण 

जिल्ला निर्वाचन कार्यालय जुम्लाले स्थानीय सरकारलाई मतदाता नामावली हस्तान्तरण गरेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाले एक कार्यक्रमका बिच स्थानीय सरकारलाई मतदाता नामावली उपलब्ध गराएको हो । कार्यालयले मतदाता नामावली अद्यावधिक (दाबी विरोध त्रुटि सच्चाउने कार्यक्रममा जुम्लाका सबै सारोकारवाला निकायलाई जानकारी गराइएको छ  ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);