उपनिर्वाचनका लागि निर्वाचन आयोगबाट अन्तिम मतदाता नामावली सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

उपनिर्वाचनका लागि निर्वाचन आयोगबाट अन्तिम मतदाता नामावली सार्वजनिक

काठमाडौं,२३ चैत्र । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । उपनिर्वाचनलाई लक्ष्य गरी देशभर सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली
प्रकाशन कार्यक्रम, २०८० अनुसार आयोगले अन्तिम मतदाता नामावली स्वीकृति गरी सार्वजनिक गरेको हो ।

आयोगले वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्नेमध्ये ८८ लाख ८६ हजार २२६ महिला, ९२ लाख दुई हजार ५६९ पुरुष, अन्य एक सय ८८ गरी कूल एक करोड ८० लाख ८८ हजार ९८३ जनाको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरेको छ आयोगका अनुसार सबैभन्दा बढी मोरङमा तीन लाख ६२ हजार ९७३ पुरुष र तीन लाख ७६ हजार ४११ र अन्य ६ गरी जम्मा सात लाख ३९ हजार ३९० मतदाता छन् । सबैभन्दा कम मनाङमा तीन हजार ५३० महिला र तीन हजार ३१९
पुरुषसमेत जम्मा ६ हजार आठ सय ४९ मतदाता छन् ।

गत वैशाख १० गतेको निर्वाचनभन्दा यस पटक ८७ हजार ४१७ मतदाता थप भएका छन्। आसन्न उपननिर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ४२२ जना थपिएर एक लाख १५ हजार ८८९ मतदाता रहेका छन् । बझाङ जिल्ला क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन ’क’ मा ६३८ थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);