प्रदेश आफैमा सबल र स्रोत सम्पन्न नभएसम्म संघीयता दिगो हुन सक्दैनःमुख्यमन्त्री चौधरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रदेश आफैमा सबल र स्रोत सम्पन्न नभएसम्म संघीयता दिगो हुन सक्दैनःमुख्यमन्त्री चौधरी

काठमाडौं,२३ चैत्र । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि राजीनामा दिनु भएको छ । केन्द्रमा नयाँ गठबन्धन बनेपछि विश्वासको मत लिने प्रयास गरेका चौधरीले बहुमत नजुट्ने देखिएपछि अन्तिम समयमा प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै बिहीबार राजीनामा दिनु भएको हो ।

सम्बोधनका क्रममा चौधरीले संघीय संरचनाअनुसार प्रदेश सरकार फेरबदल हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभयो । हरेक नयाँ सरकार बन्दाको दिनदेखि नै े दिनगन्ती सुरु हुने गरेको भन्दै प्रदेश आफैमा सबल र स्रोत सम्पन्न नभएसम्म संघीयता दिगो र प्रभावकारी हुन नसक्ने उहाँले उल्लेख गनुृभयो ।

मुख्यमन्त्रीको फोटो झुन्ड्याएर रमाए पनि जनतामा चरम निराशा बढेको भन्दै उहाँले प्रदेश सरकारको स्थायित्वमा जोड दिनु भयो । राजनीति र संघीयतामा पनि ग्रहण लागेको भन्दै उहाँले संघीयता धरापमा पर्ने चिन्ता व्यक्त गर्नुभयो । मुख्यमन्त्री चौधरीले आफ्नो ११ महिने कार्यकालमा गरेका विकासका काम र सुरु गरेका प्रयासहरुको चर्चा गर्नुभयो ।

चौधरी गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । चौधरीको राजीनामासंगै नयाँ सरकार गठनको बाटो खुलेको छ । गठबन्धनको भागबण्डामा लुम्बिनी सरकारको नेतृत्व पाएको माओवादीले नयाँ सरकार बनाउन दलहरूसँग छलफलमा जुटेको छ ।

माओवादी केन्द्र लुम्बिनीका दल नेता जोखबहादुर महराले शुक्रबार नै मुख्यमन्त्रीको शपथ लिने तयारी छ । नवलपरासी पश्चिमबाट निर्वाचित स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले समर्थन गरेपछि लुम्बिनीमा एमाले–माओवादीसहितको गठबन्धनले बहुमत जुटाएको हो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);