बाराको मानव निर्मित झरोखर पोखरी खुम्चदै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

बाराको मानव निर्मित झरोखर पोखरी खुम्चदै

Jharokhar Pokhari

बारा, १६ चैत । बाराको ऐतिहासिक क्षेत्र सिम्रौनगढमा मानव निर्मित झरोखर पोखरी खुम्चदै गएको छ । ५२ बिगाहामा फैलिएको झरोखर पोखरी अहिले खुम्चिएर २२ बिगाहामा आएको छ ।

नेपाली र भारतीय पक्षले अतिक्रमण गर्दा पोखरी खुम्चिएको हो । दुबै पक्षबाट पेखरीका छेउछाउमा गाई भैंसी बाँध्ने, घर टहरा बनाउँने गरेका छन् । स्थानीयले पोखरीको संरक्षण गर्न माग गरेका छन् ।

नेपाल भारत सिमानाको १० गजासँगै जोडिएको सो पोखरी ८ सय बर्ष पुरानो मानिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);