हवाई उडानमा रोक नलगाई सार्वजनिक सवारी साधनमा मात्र लगाएको रोकमा यातायात व्यवसायीको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हवाई उडानमा रोक नलगाई सार्वजनिक सवारी साधनमा मात्र लगाएको रोकमा यातायात व्यवसायीको असन्तुष्टि

काठमाडौं । सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रति यातायात व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ । यस्तो निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।

कोरोना संक्रमणको अवस्था भयावह छ भने अत्यावश्यक बाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुनर्विचार गर्न माग गरे ।

हवाई उडानमा जस्तै सार्वजनिक यातायातका सवारी साधनले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने भएकाले लामो दुरीका सवारी साधन चलाउन दिनुपर्ने उनले बताए ।

महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वस्फूर्त अवज्ञा हुने बताए ।

अघिल्लो वर्ष लामो समय बन्द गरिँदा यातायात क्षेत्र धरासयी भएको भन्दै व्यवसायीहरुले यस वर्ष यातायात व्यवसायलाई बन्द गर्नु नहुने बताइरहेका छन् । सार्वजनिक यातायात बन्द गरेर मात्रै कोरोना संक्रमण नरोकिने भन्दै उनीहरुले यसका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);