देशभरबाट २० बर्ष पुराना सवारी साधन हटाउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

देशभरबाट २० बर्ष पुराना सवारी साधन हटाउन सुरु

काठमाडौं, १ चैत । यातायात व्यवस्था विभागले बिहीबारदेखी देशभरबाट २० बर्ष पुराना सवारी साधन हटाउन सुरु गरेको छ । गत वर्ष उपत्यकाबाट सुरु भएको पुराना सवारी विस्थापनको अभियानलाई बिहीबारदेखि देशव्यापी बनाइएको हो ।

२०७३ फागुन १ देखी काठमाडाैँ उपत्यकामा २० वर्ष पुरानो सवारी हटाउन सुरु गरेको यायतायात व्यवस्था विभागले आजदेखि दशैभरबाट पुराना सवारी साधन सञ्चालनमा रोक लगाएको हो । यातायात व्यवस्था विभागले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाएको पाइएमा जफत गर्न ट्राफिक प्रहरीलाई पत्राचार गरेको छ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले निर्णयलाई अटेर गरी पुराना सवारीसाधन चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम गरिने चेतावनी दिएका छन् । विभागले प्रदूषण र सवारी दुर्घटना न्युनीकरण गर्न भन्दै २० वर्ष पुराना भाडाका सवारीसाधनको सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

एक बर्ष अघि काठमाडौं उपत्यकाबाट हटाइएका पुराना सवारी उपत्यका बाहिर सञ्चालन हुँदै आएको पाइएपछि विभागले देशैभरबाट विस्तापन गर्न लागेको हो । व्यवसायीहरुले भने सरकारको निर्णयले आफूहरु मर्कामा परेको भन्दै निर्णय सच्याउन माग गरेका छन् । उनीहरुले जर्बजस्ती निर्णय कार्यान्वएन गरे आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।

यातायात व्यवस्था विभागले व्यावसायीहरुलाई प्रसस्त समय दियर नै यो कदम चालिएको भन्दै निर्णय नसच्निे स्पष्ट पारेको छ । २० बर्ष पुराना सवारी साधनले वातावरणलाई प्रदुषण गर्ने तथा सवारी दुर्घटनाको जोखीमलाई बढाउने हँुदा सरकारले यस्तो निर्णय गरेको विभागले जनाएको छ । देशभर हाल २० वर्ष पुराना भाडाका सवारीसाधनको संख्या ५ हजार ५ सय रहेको अनुमान छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);