पानीको सहज आपुर्तीका लागि दाङमा बहुउद्येश्य हाइड्याम निमार्ण गरिने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पानीको सहज आपुर्तीका लागि दाङमा बहुउद्येश्य हाइड्याम निमार्ण गरिने

गोपाल भट्टराई,२० फागुन ,दाङ ।
पानीको सहज आपुर्तीका लागि दाङमा बहु उदेश्यीय हाइड्याम निमार्ण गरिने भएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले अघि सारेको हाईड्याम परियोजनालाई नेपाल सरकराले साथ दिदै सर्बे गरिएको छ । हाइड्याम निमार्ण गर्न लागेको स्थलको मन्त्रालयको टोलीले स्थलगत अध्ययन समेत गरेको छ । झण्डै १५ अर्वको लागतमा निमार्ण हुन लागेको हाइड्यामवाट दङगाली जनतालाई सयौ वर्ष पानीको व्यवस्थापन हुने अनुमान

पानीको सहज आपुर्तीका लागि दाङमा बहुउद्येश्य हाइड्याम निमार्ण गरिने

 

गोपाल भट्टराई,२० फागुन ,दाङ ।

पानीको सहज आपुर्तीका लागि दाङमा बहु उदेश्यीय हाइड्याम निमार्ण गरिने भएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले अघि सारेको हाईड्याम परियोजनालाई नेपाल सरकराले साथ दिदै सर्बे गरिएको छ । हाइड्याम निमार्ण गर्न लागेको स्थलको मन्त्रालयको टोलीले स्थलगत अध्ययन समेत गरेको छ । झण्डै १५ अर्वको लागतमा निमार्ण हुन लागेको हाइड्यामवाट दङगाली जनतालाई सयौ वर्ष पानीको व्यवस्थापन हुने अनुमान गरिएको छ । पातु खोलाको साततले क्षेत्रमा हाइड्यामको निमार्ण स्थल खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टको टोलिले स्थलगत अध्ययन अवलोकन गरेको छ । प्रारम्भीक सर्वे भने यस अघि नै भइसकेको थियो । निकै महत्वाकाँक्षी मानिएको हाईड्याम निर्माण गर्नका लागि एक करोड बजेट डिजाईन अध्यनका लागि छुट्याइएको खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले जानकारी दिए ।

त्यस्तै खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख चक्र प्रशाद धितालले हाल दाङमा ७४ प्रतिसत मानिसले मात्रै खानेपानी पाएको अवस्थामा नयाँ विकल्पको खोजि गरिनु अति आवश्यक रहेको बताएका छन । उनले भने ‘ पातुखोलामा गरिएको प्रारम्भिक अध्यनले यहाँ हाईड्याम निर्माणको संभावना अत्यन्तै राम्रो देखिए पछि खानेपानी विभागले हाईड्याम निर्माणको लागि डिटेल सर्भे गर्ने तयारी गरेको हो ।’ यसैबीच उनले ग्वार खोला र कटुवा खोलामा जलासय निमार्णको लागि सम्भाव्यता अध्यन सुरु भएको जानकारी दिए । तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वलीले पातुखोलामा बहुउदेश्य हाईड्याम निर्माण गर्न सक्ने हो भने तुलसीपुर क्षेत्रमा राम्रो संग खानेपानी र सिंचाईको प्रवन्ध गर्न सकिने बताए ।

बढ्दो जनसंख्या बृद्धि र वसाईसराईले गर्दा बजार क्षेत्रमा खानेपानीको हाहाकार हुने गरेको भन्दै भविस्यमा झनै विकराल स्थिति उत्पन्न हुन सक्ने कुरालाई मध्य नजर गर्दै हाईड्याम निर्माण गर्नु अति आवश्यक रहेको उनको भनाई छ विभिन्न कारणले पानीका मुहान सुक्दै जानु ,नयाँ मुहानहरु फेला नपर्नुले गर्दा बजारमा पानीको हाहाकार सुरु हुन सक्ने हुदा हाईड्याम ले त्यो परिपुर्ती गर्ने आशा गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);