अध्यनकेन्द्रको अहिले सम्म पनि निमार्ण कार्य सम्पन्न हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अध्यनकेन्द्रको अहिले सम्म पनि निमार्ण कार्य सम्पन्न हुन सकेन

अछामकै नमुना अध्यन केन्द्र भनेर ६ वर्षअघि निमार्ण कार्य सुरु गरिएको ठुलासैन सामुदायिक अध्यनकेन्द्रको चारकोठे भवनको अहिले सम्म पनि निमार्ण कार्य सम्पन्न हुन सकेको छैन ।

bhaban nirman

अछाम, ९ फागुन । अछामकै नमुना अध्यन केन्द्र भनेर ६ वर्षअघि निमार्ण कार्य सुरु गरिएको ठुलासैन सामुदायिक अध्यनकेन्द्रको चारकोठे भवनको अहिले सम्म पनि निमार्ण कार्य सम्पन्न हुन सकेको छैन ।

२०६८ सालमा जिल्ला विकास समितिको कार्यालय अछामले १८ लाख १५ हजारमा भवनको निमार्ण कार्य सम्पन्न गर्नका लागि रकम विनियोजन गरेको थियो । जिल्ला विकास समितिले १८ लाखमध्ये ४ लाख रकम मात्रै निकासा दिएकाले भवनको निमार्ण कार्य अगाडि बढ्न सकेन । भवन निमार्णका लागि भनेर मंगलसैन नगरपालीकाको कार्यालयले ४ लाख रकम विनियोजन गरेको छ ।

उक्त रकमले भवनको छत हालिएको र त्यसको निर्माण कार्य पुरा गर्नका लागि नगरपालिकाले थप ६ लाख छुट्याएको छ । सो रकमको सम्झौता हुन बाँकी रहेको सामुदायिक अध्यन केन्द्र सुदुर तथा मध्य पश्चिम संयोजक जनकराज भण्डारीले जानकारी दिए ।

बेरोजगार युवाहरुलाई रोजगार सिर्जना गर्ने क्रियाकलापसञ्चालन र समुदायमा आय आर्जनका क्रियाकलाप अघि बढाउने उदेश्यका साथ अध्ययन केन्द्रको भवन निमार्ण गर्न लागेको ६ बर्ष बितिसक्दा अहिलेसम्म कुनै पनि प्रकारका क्रियाकलापहरु अगाडी बढाउन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);