दाङको लमहीमा बहुउद्देश्यीय व्यापारिक भवन निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दाङको लमहीमा बहुउद्देश्यीय व्यापारिक भवन निर्माण सम्पन्न

ओमप्रकाश गुप्ता
लमही, १४ फागुन ।
लमही नगर विकास समितिले आर्थिक वर्ष २०७३-०७४ सालबाट बनाउन थालेको बहुउद्देश्यीय व्यापारिक भवनको २ चरणको निमार्ण कार्य ४ वर्षमा सम्पन्न भएको छ । करिव साढे १४ करोडको लगानीमा भवन निमार्ण गरेको नगर विकास समितिका सवइन्जीनियर तुलसीराम अर्यालले जानकारी दिएका छन् ।

‘पहिलो चरणमा स्ट्रक्चर बनाउने काम भयो । दोस्रो चरणमा फिनिसिङको काम गरियो,– सवइन्जीनियर अर्यालले भने– ‘दोस्रो चरणको भवन निमार्ण सकेर निर्माण कम्पनीले नगर विकास समितिलाई हस्तान्तरण गरिसकेको छ ।

आर्थिक वर्ष २०७३-०७४ देखि शिवशक्ति चक्रेश्वरी जेभी कन्स्ट्रक्सनले करिव ७ करोडको लगानीमा स्ट्रक्चरले काम गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०७५-०७६ देखि सिनर्जी ज्ञानज्योती जेभीले दोस्रो चरणको फिनिसिङको काम सुरु गरेको र अहिले त्यो काम सम्पन्न भएको हो ।

लमहीमा बनेको बहुउद्देश्यीय व्यापारिक भवनले यस क्षेत्रको व्यापार, व्यवसायलाई प्रवद्र्धधन गर्ने विश्वास गरिएको छ ।

लमही क्षेत्रको होलसेल र ब्राण्डेड बजारको लागि भवन उपयुक्त हुने देउखुरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष केशव घिमिरेले बताए । लुम्बिनी प्रदेशको राजधानीको रुपमा रहेको यस क्षेत्रमा यस्ता ठूला व्यापारीक महलको आवश्यक रहेको पनि उनले बताए । ठूला व्यापारीक महल अझै निमार्ण गर्ने र प्रदेश स्तरीय ठूलो व्यापारीक बजार बनाउने गरी सवैले सोच्नु पर्ने उनको भनाई छ ।

साना देखि ठूला सवै व्यापारीको आकर्षण यस भवनमा छ । यहाँ व्यापार व्यवसायको लागि स्टल लिनका लागि धेरैले चाहेका छन् । चैत महिना देखि भवनलाई भाडामा दिने गरी सुचना आह्वान गर्ने तयारी भएको नगर विकास समितिले बताएको छ ।

भवन भित्र सुविधै सुविधा

यो भवनमा सुविधै सुविधा छ । भवनको तल्लो तहबाट सुविधा थपिएको छ । पार्किङ अण्डरग्राउण्ड छ । सडक किनारमा पार्किङ गर्नुपर्दैन । कार र मोटरसाइकल पार्किङ गर्ने गरी अण्डरग्राउण्डमा व्यवस्था गरिएको छ । त्यसपछि ग्राउण्ड तलमा व्यापारिक सटरहरु छन् । जहाँ पसल सञ्चालन गर्न व्यपारीहरु आकर्षित छन् । उत्तरमा पूर्व पश्चिम राजमार्ग र दक्षिणमा बैंक रोडतर्फ व्यापारिक सटरहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);