अवैध कपडासहित टेम्पु र चालक प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८०, सोमबार

अवैध कपडासहित टेम्पु र चालक प्रहरी नियन्त्रणमा

सर्लाही, १४ फागुन । सर्लाहीको बलराबाट सिमा वर्ती क्षेत्रमा खटिएको प्रहरीले भारतबाट भन्सार छली ल्याउदै गरेको अवैध कपडासहित टेम्पु र चालकलाई  नियन्त्रण लिएको छ। 

तस्करहरुले चोरी पैठारी गरी नेपालतर्फ सामानहरु ल्याउदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा बलरा नगरपालिका वडा नं.-२ स्थित नेपाल-भारत सिमा वर्ती क्षेत्रमा खटिएको प्रहरी टोलीले BR30 P 6812 नम्बरको टेम्पुमा राखेर ल्याउदै गरेको अन्दाजी १ लाख रुपैया बराबरको विभिन्न प्रकारका कपडाहरुसहित अन्दाजी २ लाख ५० हजार पर्ने टेम्पु र चालकलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय गडहियामा बुझाएको छ । 

बुधबार साँझ नियन्त्रणमा लिएको कपडा, टेम्पु र चालकलाई आवश्यक कार्वाहीका लागि बिहिबार बेलुका जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिनुभयो।

Leave a Reply